काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को तथ्याङ्क शुल्कमा वृद्धि नगरिएको स्पष्टिकरण दिएको छ । उक्त शुल्कमा बोर्डबाट ६ गुणासम्म वृद्धि गरि स्वीकृति भएको भन्ने हल्ला आएसँगै बोर्डले सो सम्बन्धमा आफ्नो स्पष्टिकरण दिएको छ ।
बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै आफूले नेप्सेबाट स्वीकृत भएर बोर्डमा आएको प्रस्ताव जस्ताको त्यस्तै स्वीकृत गरेको जानकारी गराएको छ । नेप्सेले बोर्डको स्वीकृतिको लागि उक्त तथ्याङ्क प्रयोग सम्बन्धी कार्यविधि, २०७७ मा शुल्कहरु सहितको कार्यविधि बोर्डमा पेश गरेको थियो ।
‘धितोपत्र कारोवार सञ्चालन विनियमावली, २०७५ (संशोधन सहित० को विनियम ३९ क। मा धितोपत्रको कारोवार भए पश्चात उपलब्ध हुने तथ्याङ्क तथा जानकारी दिने सम्वन्धी कार्यलाई व्यवस्थित गर्न नेप्सेले कार्यबिधि बनाई लागू गर्न सक्ने र नेप्सेले बनाउने कार्यविधिमा धितोपत्रको कारोवार भए पश्चातको तथ्याङ्क तथा जानकारी उपलब्ध गराए बापत कुनै शुल्क लिने व्यवस्था भएमा त्यस्तो शुल्क बोर्डबाट स्वीकृत भएपछि मात्र लिन सकिने व्यवस्था छ,’ उल्लेख छ ।
सोही बमोजिम नेप्सेबाट बोर्डमा पेश भएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तथ्याङ्क प्रयोग सम्वन्धी कार्यविधि, २०७७ मा उल्लेखित शुल्कहरुँबाट स्वीकृतिका लागि बोर्ड समक्ष प्रस्ताव गरिए बमोजिम यथावत नै रहने गरि स्वीकृत गरिएको बोर्डले जानकारी गराएको छ ।