हिमाल दोलखा हाईडोपावरले एक करोड २० लाख कित्ता हकप्रद सेयर जारी गर्ने

<p>काठमाडौं । हिमाल दोलखा हाईड्राेपावर कम्पनीले सेयरधनीकाे लागि हकप्रद सेयर जारी गर्ने भएकाे छ ।  कम्पनीले एक कराेड २० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएकाे हाे । हकप्रद सेयरका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता [&hellip;]</p>

काठमाडौं । हिमाल दोलखा हाईड्राेपावर कम्पनीले सेयरधनीकाे लागि हकप्रद सेयर जारी गर्ने भएकाे छ ।  कम्पनीले एक कराेड २० लाख कित्ता हकप्रद सेयर जारी गर्ने भएकाे हाे ।

हकप्रद सेयरका लागि कम्पनीले लक्ष्मी क्यापिटल मार्केटलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा आइतबार कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्कासन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा हिमाल दोलखा हाईडो पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष रन्जना दाहाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।

कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका वडा न.९ १० मा माई खोला साना जलविद्युत आयोजना (४.५ मेगावाट) र माई नगरपालिका वडा न ९ मा रहेको माई साना क्यासकेड जलविद्युत आयोजना (८ मेगावाट) हाइडोपावर संचालन गरेको छ ।

Share News