सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न, १ लाख बढीले पाए १० कित्ता

<p>काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो । कम्पनीको आईपीओमा १५ लाख १३ हजार ७८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार २५१ जनाको [&hellip;]</p>

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलको कार्यालयमा मंगलबार बिहान आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीको आईपीओमा १५ लाख १३ हजार ७८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६५० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार २५१ जनाको आवेदन विभिन्न कारणले रद्द भएको छ भने १५ लाख १२ हजार ५३७ जनाको आवेदन सदर भएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट १० कित्ताका दरले बाँडफाँट गरिएको छ । गोलाप्रथा मार्फत् बाँडफाँट गर्दा कम्पनीको आईपीओ १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको कम्पनीले जनाएको छ ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ११ लाख ५० हजार कित्ता निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आईपीओ निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।

Share News