काठमाडौं । दशैंको समयमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३ दिनमात्रै खुल्ने भएको छ । १५ दिनसम्म मनाईने दशैंमा सेयर कारोबार भने ३ दिन खुल्ने भएको हो ।
सामान्यतः दशैं घटस्थापनाको दिनदेखि नै शुरु हुन्छ । यो वर्षको दशैं असोज १० गते सोमबारदेखि शुरु भएको छ । सो दिन सार्वजनिक बिदा परेकाले सेयर कारोबार पनि बन्द भएको थियो ।
यससँगै अब मंगलबार, बुधबार र बिहीबार अर्थात (असोज ११, १२ र १३ गते) लगातार सेयर कारोबार खुल्ने छ । त्यसपछि भने असोज २२ गतेसम्म सेयर कारोबार रोक्का हुने छ । र, असोज २३ गते कोजाग्रत पूर्णिमा देखि सेयर कारोबार पुनः खुल्ने छ ।