काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बैंक, बीमा, टेलिकम जस्ता व्यावसायिक संस्था नभएको बताइएको छ । नेप्से कर्मचारी संघले एक प्रतिवेदन जारी गर्दै स्टक एक्सचेञ्ज भनेको अन्य संस्था र कम्पनी भन्दा फरक संस्था भएको स्पष्ट पारेको हो ।
‘एउटा बैंक, वित्तीय संस्था, बीमा, टेलिकम कम्पनीलाई लाइसेन्स दिए जस्तो केहि सिमित व्यापारीको हातमा पर्न दिन हुँदैन, नियमनकारी तत्वकै कारण संसारभर स्टक एक्सचेञ्जहरुमा प्रतिस्पर्धा छैन,’ संघले जारी गरेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
स्टक एक्सचेञ्ज विशुद्ध बजार सञ्चालन मात्रै होईन यो नियमनकारी निकाय पनि एक फ्रन्टलाइन रेगुलेटर बढी भएको संघले जनाएको छ । स्टक एक्सचेञ्जहरुले लगानीकर्ताको हक सुनिश्चित गर्ने गरी सूचीकृत कम्पनीहरुको निगरानी गरिरहेका हुन्छन् । ब्रोकरहरुको नियमन, अनुगमन, सुपरिवेक्षण गरेका हुन्छन् । नियमनकारी तत्वकै कारण संसारभर स्टक एक्सचेञ्जहरुमा प्रतिस्पर्धा हुदैन । यसको साधारण कमी कमजोरीबाट पनि अर्थतन्त्र र बैदेशिक लगानी भित्रनमा नकारात्मक असर पर्ने संघको भनाइ छ ।