काठमाडौं । दशैं लागेसँगै सेयर बजार पनि पूर्ण रुपमा बन्द छ । नेपाल सरकारले नेपालीहरुको ठूलो चाड विजया दशमीको अवसरमा गत असोज १६ गतेदेखि नै सरकारी बिदा दिएको थियो ।
सरकारले सो दिन अर्थात फूलपातीको दिनदेखि असोज २१ गतेसम्म बिदा दिएको छ । सरकारी बिदा भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि पूर्ण रुपमा बन्द भएको छ । तर, उक्त बिदा भने असोज २१ गते अर्थात शुक्रबारदेखि सकिँदै छ ।
असोज २२ गते शनिबार । सेयर कारोबार खुल्दैन । यससँगै अब असार २३ गते अर्थात आइतबारदेखि मात्रै सेयर बजार खुल्ने छ । सो दिन भने दशैंको अन्तिम दिन अर्थात कोजाग्रात पूर्णिमा रहेको छ ।
नेप्सेको दशैं क्यालेन्डर अनुसार सेयर बजार लगातार रुपमा बन्द भएको ९ दिन पुरा भएको छ । यससँगै गत असोज १४ गतेदेखि नै पूर्ण रुपमा बन्द रहेको सेयर बजार आगामी असोज २३ गते आइतबारदेखि खुल्ने छ ।