काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा विभिन्न ३४ वटा कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि आवेदन दिएका छन् । विभिन्न क्षेत्रका ३४ कम्पनीले आईपीओ निष्कासन गर्नका लागि सेबानेमा आवेदन दिएका हुन् ।
३४ वटा कम्पनीहरुमा लघुवित्त वित्तीय संस्था, उत्पादनमूलक तथा प्रशोधन उद्योग र जलविद्युत कम्पनी रहेका छन् । बोर्डमा आवेदन दिने ३४ कम्पनीले कूल १२ अर्ब १० करोड ५७ लाख ३० हजार रुपैयाँ बराबरको ८ करोड १८ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्न सेबोनमा आवेदन दिएका हुन् ।
३४ वटा कम्पनीमध्ये विभिन्न ४ वटा कम्पनीले भने प्रिमियममा आईपीओ निष्काशन गर्ने भएका छन् । सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पीनिङ्ग, घोराही सिमेन्ट र रिलायबल नेपाल लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्न सेबोनमा आवेदन दिएका हुन् ।
विभिन्न कम्पनीहरुले लामो समयदेखि सेबोनमा आईपीओ निष्काशनका लागि आवेदन दिएपनि हालसम्म अनुमति पाउन सकिरहेका छैनन् । डिस मिडिया नेटवर्कले सेबोनमा २०७७ साउन ३० गते आवेदन दिएको थियो । २ वर्ष बढी समय हुँदा पनि कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति प्राप्त गर्न सकिरहेको छैन् । तर, पछिल्लो समयमा आएर कम्पनीले प्रिमियमा आईपीओ निष्काशन गर्ने पनि बताइरहेको छ ।
यस्तै, अधिकांश कम्पनीले पनि आईपीओ निष्काशनका लागि लामो समयदेखि सेबोनमा आवेदन दिएपनि हालसम्म अनुमति पाएका छैनन् । सेबोनले लामो समयदेखि अनुमति नदिँदा सेयर निष्काशन गर्न ढिलाइ भएको कम्पनीहरुले बताइरहेका छन् ।
१. मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले बोर्डमा आईपीओ निष्काशनको अनुमति माग्दै गत फागुन २० निवेदन दिएको हो । धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले ४ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्नेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका कुल ४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । धितोपत्र बोर्डले यो कम्पनीलाई अन्य समूहमा राखेको छ ।
२. डोल्टी पावर कम्पनीले आईपीओ निष्कासन गर्नका लागि साउन ४ गते सेबोनमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँको १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
३. सगरमाथा जलविद्युत कम्पनीले ५४ करोड ८८ लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न भदौ ९ गते सेबोनमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५४ लाख ८८ हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
४. माई खोला हाइड्रोपावर १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न भदौ २२ गते सेबोनमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १९ लाख २१ हजार ५६८ कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
५. मोदी इनर्जीले ७२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न भदौ ३१ गते सेबोनमा आवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काश तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
६. सोनापुर मिनरल्स एण्ड आयल कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनका लाग असोज ४ गते सेबानमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड २३ लाख कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
७. मेन्छीयाम हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नका लागि साउन १८ गते सेबोनमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्याटिल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
८. डिस मिडिया नेटवर्कले २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्नका लागि सेबोनमा २०७७ साउन ३० गते आवेदन दिएको थियो । २ वर्ष बढी समय हुँदा पनि कम्पनीले आईपीओ निष्काशनका लागि अनुमति प्राप्त गर्न सकिरहेको छैन् । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निश्कासनका लागि आवेदन मागेको हो । कम्पनीको आईपीओ निश्कासन तथा बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल छ । तर, पछिल्लो समयमा आएर कम्पनीले प्रिमियमा आईपीओ निष्काशन गर्ने पनि बताइरहेको छ ।
९. हाथवे इन्ेष्टमेन्ट नेपालले १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न सेबोनमा २०७८ चैत्र २५ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता ५० सय रुपैयाँ अंकित मूल्य दरका २९ लाख २५ हजार कित्ता सेयर निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
१०. आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ जेठ ३१ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ६० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
११. मायाखोला हाइड्रोपावर कम्पनीले ३४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ बैशाख २८ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
१२. भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले १६ करोड ३२ लाख १६ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र २ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ३२ हजार १६० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
१३. मकर जितुमाया सीरु हाइड्रोपावर कम्पनीले २२ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ बैशाख ८ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २२ लाख ८० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
१४. बिपीडब्ल्यू लघुवित्तले ९७ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार ८ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९७ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ ।
१५. कुथेली बुखरी हाइड्रोपावर कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ साउन ४ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ४३ हजार ७३५ कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
१६. ट्रेड पावरले ११ करोड ५८ लाख ९८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न २०७९ असार १४ गते सेबोनमा आवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।
१७. सानिमा मिडिल तमोर हाइड्रोपावर कम्पनीले ८३ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार २४ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८३ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
१८. अपर स्याङ्गे हाइड्रोपावर कम्पनीले ८ करोड ७० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार ३१ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ७० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
१९. रावा इनर्जी डेभलपमेन्ट कम्पनीले ८ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार १३ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ४० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
२०. सुपरमाइ हाइड्रोपावर कम्पनीले १० करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ मंसिर २० गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
२१. मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ साउन १ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३५ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
२२. बाराही हाइड्रोपावर कम्पनीले ७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र १७ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
२३. एशिएन हाइड्रोपावर कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ पौष ११ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ११ लाख ८० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
२४. कालिञ्चोक दर्शन कम्पनीले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र १५ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
२५. सिटी होटलले १६ करोड ७४ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र ३० गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ७४ हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
२६. इङ्ग्वा हाइड्रोपावर कम्पनीले ७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र १७ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
२७. सुपर मदी हाइड्रोपावर कम्पनीले ३१ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७९ असार १५ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३१ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
२८. शुभम् पावर कम्पनीले ७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र १७ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७ लाख कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
२९. थ्री स्टार हाइड्रोपावरले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ असार १ गते निवेदन दिएको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १२ लाख ३१ हजार २५० कित्ता आईपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ । सेबोनबाट आईपीओ निष्कास गर्न स्वीकृती पाएपछि कम्पनीले पहिलो चरणमा स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
३०. आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न सेबोनमा २०७८ चैत्र २१ गते निवेदन दिएको थियो । लघुवित्तले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ३ हजार ३८० कित्ता आईपीओ निष्काशन गर्नेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
प्रिमियममा आईपीओ
सर्वोत्तम सिमेन्ट, रिलायन्स स्पीनिङ्ग, घोराही सिमेन्ट र रिलायबल नेपाल लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्न सेबोनमा आवेदन दिएका छन् ।
३१. रिलायबल नेपाल लाइफले प्रिमियममा आईपीओ निष्काशन गर्नका लागि अनुमति माग्दै सेवोनमा आवेदन दिएको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २१२ रुपैयाँमा सेयर निष्काशनको अनुमति मागेको हो । यदि बोर्डले अनुमति दियो भने कम्पनीले प्रतिकित्ता २१२ रुपैयाँ अंकित मूल्य दरमा १ अर्ब २७ करोड २० लाख रुपैयाँको ६० लाख कित्ता सेयर निष्कानश गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
३२. सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ्ग विधिबाट योग्य संस्थागत लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न असार २८ गते सेवोनमा आवेदन दिएको छ । कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्ताहरुका लागि २४ लाख कित्ता सेयर निष्काशन गर्न अनुमति मागेको हो । बोर्डले अनुमति दिएमा योग्य संस्थापक लगानीकर्ताहरुले न्यूनतम ५०१ रुपैयाँ देखि ७५१ रुपैयाँ ५० पैसा मूल्य भित्र रहेर आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड छ ।
३३. रिलायन्स स्पीनिङ्गले पनि बुक बिल्डिङ्ग मार्फत ७ लाख ७० हजार ६४० कित्ता सेयर निष्काशन गर्न सेवोनसँग अनुमति मागेको छ । यदि कम्पनीले अनुमति पायो भने योग्य संस्थागत लगानीकर्ताले प्रतिकित्ता न्युनतम ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म मूल्य भित्रर रहेर आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
३४. घोराही सिमेन्टले कम्पनीले ३ अर्ब ४४ करोड १६ लाख ५१ हजार ७८५ रुपैयाँ बराबरको सेयर निष्काशन गर्न गत साउन ९ गते सेबोनमा आवेदन दिएको छ । कम्पनीको उक्त सेयरको प्रिमियम मूल्य सर्वसाधारणका लागि प्रतिकित्ता ४३५ रुपैयाँ र स्थानीय वासिन्दाका लागि प्रतिकित्ता ४ सय रुपैयाँ तोकिएको छ । कम्पनीले ७९ लाख ४३ हजार ८०१ कित्तालाई प्रतिकित्ता १०० रुपैयाँ अंकित सेयरमा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरमा निष्काशन गर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।