डिप्रोक्सले आदर्श लघुवित्तलाई एक्वायर गर्ने, सेयर कारोबार रोक्का

<p>काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्ने भएको छ । जसको लागि संस्थाले गत असोज १४ गते नै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हो । यससँगै दोश्रो बजारमा आदर्श लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । एक्वायरको प्रकृया शुरु गरेसँगै नेप्सेले असोज २३ गतेदेखि नै आदर्श लघुवित्तको सेयर कारोबार रोक्का [&hellip;]</p>

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आदर्श लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्ने भएको छ । जसको लागि संस्थाले गत असोज १४ गते नै प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

यससँगै दोश्रो बजारमा आदर्श लघुवित्तको सेयर कारोबार रोक्का भएको छ । एक्वायरको प्रकृया शुरु गरेसँगै नेप्सेले असोज २३ गतेदेखि नै आदर्श लघुवित्तको सेयर कारोबार रोक्का गरिदिएको हो । उक्त प्रकृया सम्पन्न भई नयाँ बन्ने संस्थाको नामबाट एकीकृत कारोबार भएपछि मात्रै दोश्रो बजारमा कारोबार खुल्ने छ ।

हाल डिप्रोक्सको रजिष्टर्ड कार्यालय चितवनको भरतपुरमा रहेको छ । त्यस्तै, आदर्श लघुवित्तको रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोकको बनेपामा रहेको छ ।

हाल डिप्रोक्सको चुक्ता पुँजी एक अर्ब १५ करोड रुपैयाँ छ । त्यस्तै, आदर्श लघुवित्तको २ करोड ७ लाख रुपैयाँ बराबरको चुक्ता पुँजी छ ।

Share News