काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढेको छ । दशैं अघिको तुलनामा दशैंपछि सुनको मूल्य प्रतितोला तीन हजार रूपैयाँले बढेको छ।
नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ हजार रुपैयाँले र चाँदी ८५ रुपैयाँले बढेको हो ।
आज बढेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँ र चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।