दशैंपछिको सेयर बजारमा छायो हरियाली, कारोबारमा नबिलको अग्रता

<p>काठमाडौ. । दशैंको बिदा पछि खुलेको सेयर बजारमा हरियाली छाएको छ । करिब एक सातापछि आइतबार खुलेको बजारमा नेप्से परिसूचक कारोबार खुलेदेखि नै उकालो लागिरहेको छ । यो समाचार तयार पार्दा (करिब १ बजे) सम्म परिसूचक २८.४३ अंकले उकालो लागिसकेको छ । जुन पछिल्लो कारोबारको तुलनामा १.५३ प्रतिशतले बढी हो । यो अवधिसम्म नबिल बैंकको [&hellip;]</p>

काठमाडौ. । दशैंको बिदा पछि खुलेको सेयर बजारमा हरियाली छाएको छ । करिब एक सातापछि आइतबार खुलेको बजारमा नेप्से परिसूचक कारोबार खुलेदेखि नै उकालो लागिरहेको छ ।

यो समाचार तयार पार्दा (करिब १ बजे) सम्म परिसूचक २८.४३ अंकले उकालो लागिसकेको छ । जुन पछिल्लो कारोबारको तुलनामा १.५३ प्रतिशतले बढी हो ।

यो अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भइरहेको छ । हालसम्म बैंकको १ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भइसकेको छ । बैंकको सेयरसँगै सेयर मूल्यपनि बढेको छ । अघिल्लो दिनको तुलनामा बैंकको सेयर मूल्य २१ रुपैयाँले बढेर प्रतिकित्ता ८०१ रुपैयाँ नाघिसकेको छ ।

त्यस्तै, सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा सबैको लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाको सेयर मूल्य ७.६४ प्रतिशतले बढेर प्रतिकित्ता १०२८ रुपैयाँ पुगेको छ ।

बजारमा म्युचुअल फण्ड बाहेक कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । यो समाचार तयार पर्दासम्म म्युचुअल फण्ड समूह सामान्य अर्थात ०.०१ अंकले घटेको छ ।

Share News