‘इन्ट्रा डे’ कै उच्च बिन्दुमा पुग्यो नेप्से परिसूचक, हिमालयन एभरेष्टको सर्वाधिक कारोबार

<p>काठमाडौं । दशैंपछिको सेयर बजारमा उछाल छाएको छ । दशैं बिदापछि खुलेको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक &#8216;इन्ट्रा डे&#8217; कै उच्च बिन्दुमा पुगेको छ । आइतबार कारोबार खुलेदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक दिनभरकै उच्च बिन्दुमा पुगेर बन्द भएको छ । परिसूचक ४४.६२ बिन्दुले उकालो लागेर १८९८.३८ बिन्दुमा अडिएको छ । जुन दिनभरको कारोबारको तुलनामा [&hellip;]</p>

काठमाडौं । दशैंपछिको सेयर बजारमा उछाल छाएको छ । दशैं बिदापछि खुलेको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक ‘इन्ट्रा डे’ कै उच्च बिन्दुमा पुगेको छ ।

आइतबार कारोबार खुलेदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक दिनभरकै उच्च बिन्दुमा पुगेर बन्द भएको छ । परिसूचक ४४.६२ बिन्दुले उकालो लागेर १८९८.३८ बिन्दुमा अडिएको छ । जुन दिनभरको कारोबारको तुलनामा उच्च हो भने पछिल्लो कारोबारको तुलनामा २.४१ प्रतिशतले बढी हो ।

दोहोरो अंकले बढेको बजारमा कारोबार भने एक अर्ब पनि हुन सकेन । दिनभरमा २२४ वटा स्क्रिप्सको ८३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड ६९ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । जसको सेयर मूल्य भने ११.५० रुपैयाँले घटेर प्रतिकित्ता २७९ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

त्यस्तै, बढी कारोबार हुनेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको एकैदिन ३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने बढेर प्रतिकित्ता ८०७ रुपैयाँ पुगेको छ ।

बढेको बजारमा दुई लघुवित्तको सेयर सर्किट लेभलमा किनबेच भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९५ र ९.८४ प्रतिशतले बढेको छ । यससँगै यी कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३०.९० र ३४६० रुपैयाँ पुगेको छ ।

बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १८७.०८ अंकले बढेको छ । आइतबारको बजारमा टप लुजरमा भने अधिकांश म्युचुअल फण्ड रहेका छन् ।

Share News