प्रतितोला ८ सय रुपैयाँले घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

<p>काठमाडौं । नेपाली बजारमा साेमबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सय रुपैयाँले र चाँदी २५ रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँ र चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा साेमबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ८ सय रुपैयाँले र चाँदी २५ रुपैयाँले घटेको हो ।

आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९५ हजार २ सय रुपैयाँ र चाँदी १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

 

 

Share News