काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकका संस्थापक सेयरधनी सेम राज शाक्यको नाममा रहेको सेयर बिक्री गर्ने भएको हो ।
बैंकको उक्त सेयर खरीद गर्नका लागि इच्छुक जोकोही व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन् । बैंकको संस्थापक सेयरधनीहरुमा बिक्रीका लागि यस अघिनै ३५ दिने सूचना जारी गरिएको थियो । तर, बिक्री नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो ।
बैंकको उक्त सेयर खरीद गर्न केन्द्रीय कार्यालयमा निवेदन पेश गर्न सकिन्छ ।