सेयर कारोबार ५५ करोडमा खुम्चिँदा नबिलको सर्वाधिक, दुई लघुवित्तमा लाग्यो सर्किट

<p>काठमाडौं । मंगलबारको सेयर बजार पनि दोहोरो अंकले ओरालो लागेको छ । दशैं पछि आइतबार उकालो लागेको नेप्से परिसूचक त्यसपछि भने निरन्तर रुपमा ओरालो लागिरहेको छ । बजारमा नेप्से परिसूचक १६.०६ अंकले घटेर १८५५.१६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८६ प्रतिशतले घटी हो । दोहोरो अंकले घटेको मंगलबारको बजारमा सेयर कारोबार पनि [&hellip;]</p>

काठमाडौं । मंगलबारको सेयर बजार पनि दोहोरो अंकले ओरालो लागेको छ । दशैं पछि आइतबार उकालो लागेको नेप्से परिसूचक त्यसपछि भने निरन्तर रुपमा ओरालो लागिरहेको छ ।

बजारमा नेप्से परिसूचक १६.०६ अंकले घटेर १८५५.१६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.८६ प्रतिशतले घटी हो ।

दोहोरो अंकले घटेको मंगलबारको बजारमा सेयर कारोबार पनि ५५ करोड २८ लाख रुपैयाँमा सीमित भएको छ । जुन सोमबारको तुलनामा ४१ करोड ८९ लाख रुपैयाँले कम हो । सोमबारको बजारमा ९७ करोड १७ लाख रुपैयाँ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजारमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको एकैदिन ३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सेयर मूल्य भने घटेर प्रतिकित्ता ७९२ रुपैयाँमा झरेको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीको २ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबारको तुलनामा मंगलबारको बजारमा इन्स्योरेन्सको सेयर मूल्य १७ रुपैयाँले घटेर प्रतिकित्ता ५८५ रुपैयाँमा झरेको छ ।

बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सुमीट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९२९.५० रुपैयाँ पुगेको छ । त्यस्तै, अभियान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ५५२ रुपैयाँ पुगेको छ ।

सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घट्नेमा विध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । कम्पनीको सेयर मूल्य ७.१८ प्रतिशतले घटेर प्रतिकित्ता ३४१.५० रुपैयाँमा झरेको छ ।

मंगलबार होटल्स एण्ड टुरिजम, म्युचुअल फण्ड र ट्रेडिङ समूह उकालो लागेको छ भने बाँकी समूह ओरालो लागेका छन् ।

Share News