आईपीओकै मूल्य बराबर पाइन थाल्यो हाइड्रोको सेयर, यी हुन् २०० भन्दा कममा पाइने १० कम्पनी

<p>काठमाडौं । पछिल्लो समय सेयर बजार घट्दो क्रममा छ । सेयर बजर घटेको बेला सेयर किन्न सबैभन्दा उत्तम रहने जानकारहरु बताउँछन् । घट्दो बजारमा सबै कम्पनीको सेयर मूल्य कम हुन्छ । तर, यतिबेला पूँजी बजार घटेको हुँदा विभिन्न कम्पनीको सेयर मूल्य २ सय रुपैयाँ भन्दा कममा झरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७ हाइड्रोपावर [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय सेयर बजार घट्दो क्रममा छ । सेयर बजर घटेको बेला सेयर किन्न सबैभन्दा उत्तम रहने जानकारहरु बताउँछन् । घट्दो बजारमा सबै कम्पनीको सेयर मूल्य कम हुन्छ । तर, यतिबेला पूँजी बजार घटेको हुँदा विभिन्न कम्पनीको सेयर मूल्य २ सय रुपैयाँ भन्दा कममा झरेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७ हाइड्रोपावर कम्पनी सूचीकृत छन् । जसमा माउन्टेन इनर्जीको सेयर मूल्य सबैभन्दा सर्वाधिक रहेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७६५ रुपैयाँ रहेको छ । यस्तै, सबैभन्दा कम सेयर मूल्य भएको कम्पनी आँखु खोला जलविद्युत कम्पनीको प्रतिकित्ता १७२ रुपैयाँ रहेको छ ।

विभिन्न १० वटा जलविद्युत कम्पनीको सेयर मूल्य भने २ सय रुपैयाँ भन्दा कम रहेको छ । कम्पनीले प्राथमिक सेयर जारी गर्दा नै प्रतिकित्ता १०० रुपैयाँमा बिक्री गर्छ । केही कम्पनीको सेयर मूल्य भने आईपीओ जारी गर्दाको मूल्यमा झरेको छ ।

युनियन हाइड्रोपावरको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १८३.९० रुपैयाँ रहेको छ । नेप्सेमा जुन ११, २०१९ मा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी ७५ करोड रुपैयाँ छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम मूल्य प्रतिकित्ता ४४४ रुपैयाँ र न्युनतम १६५.१० रुपैयाँ रहेको थियो ।

यस्तै, आँखु खोला जलविद्युत आयोजनाको सेयर मूल्य प्रतिकित्ता १७२ रुपैयाँ रहेको छ । डिसेम्बर २०१८ मा का दिन नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ३९४ रुपैयाँ र न्युनतम प्रतिकित्ता १६२ रुपैयाँ रहेको थियो ।

यस्तै, पञ्चकन्या माई हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता १८४.१० रुपैयाँ रहेको छ । अक्टोबर १०, २०१८ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४११ रुपैयाँ र न्युनतम प्रतिकित्ता १७८ रुपैयाँ रहेको छ ।

यस्तै, नेशनल हाइड्रोपावरको सेयर मूल्य प्रतिकित्ता १९१ रुपैयाँ रहेको छ । जुलाई २६, २००७ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४८४ रुपैयाँ र न्युनतम प्रतिकित्ता १८५.३० रुपैयाँ रहेको थियो ।

यस्तै, खानीखोला हाइड्रोपावरको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १७५ रुपैयाँ रहेको छ । जनवरी ११ २०१७ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी ४६ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ३९३ रुपैयाँ र न्युनतम प्रतिकित्ता १६८ रुपैयाँ रहेको थियो ।

यस्तै, जोशी डेभलपमेन्ट हाइड्रोपावरको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १९१ रुपैयाँ रहेको छ । जनवरी ६, २०१९ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४१६.१० रुपैयाँ र न्युनतम प्रतिकित्ता १६४.८० रुपैयाँ रहेको थियो ।

यस्तै, दिव्यश्वरी हाइड्रोपावरको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १७१.१० रुपैयाँ रहेको छ । फेब्रुअरी १३, २०१७ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकत प्रतिकित्ता ३८१.४० रुपैयाँ र न्युनतम प्रतिकित्ता १६६.६० रुपैयाँ रहेको थियो ।

यस्तै, घलेम्दी हाइड्रोपावरको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १७४ रुपैयाँ रहेको छ । फेब्रुअरी १३, २०१७ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पुँजी ५५ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४२० रुपैयाँ र न्युनतम प्रतिकित्ता १६९ रुपैयाँ रहेको थियो ।

यस्तै, हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १७१ रुपैयाँ रहेको छ । फेब्रुअरी १३, २०१७ मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम प्रतिकित्ता ४१८ रुपैयाँ र न्युनतम प्रतिकित्ता १६२.४० रुपैयाँ रहेको थियो ।

यस्तै, शिवश्री हाइडोपावर कम्पनीको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता १८३.९० रुपैयाँ रहेको छ । अक्टोबर २२, २०२० मा नेप्सेमा सूचीकृत भएको यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य ५२ हप्ताको अवधिमा अधिकतम ४२६.९० रुपैयाँ र न्यूनतम प्रतिकित्ता १७७.९० रुपैयाँ रहेको थियो ।

Share News