पानीको मूल्य १ लिटरको १६ रुपैयाँ र २० लिटरको ४७ रुपैयाँ, बढी लिए कारवाही

<p>काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जारको पानीको मूल्य तोकेको छ । विभागले काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकेको छ । व्यवसायीयले अहिले प्रतिलिटर बोटलको २० देखि ४० रुपैयाँ लिदै आएका थिए भने प्रति जार ५० देखि १५० रुपैयाँ लिदै आएका थिए । [&hellip;]</p>

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बोतल तथा जारको पानीको मूल्य तोकेको छ । विभागले काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकेको छ । व्यवसायीयले अहिले प्रतिलिटर बोटलको २० देखि ४० रुपैयाँ लिदै आएका थिए भने प्रति जार ५० देखि १५० रुपैयाँ लिदै आएका थिए ।

विभागले काठमाडौं उपत्यका बाहिर भने पानीको मूल्य बढी राखेको छ । उपत्यका बाहिर १ लिटर बोतलको २० रुपैयाँ र २० लिटर जारको ६० रुपैयाँ तोकिएको छ ।

बजारमा २ लिटर, ३  लिटर, ५ लिटरका बाेटलमा पनि पानी बिक्री वितरण भैरहेकाे छ । तर यस विषयमा विभाग माैन बसेकाे छ ।

खानेपानीको स्रोत र उपलब्धता भने राजधानी बाहिर सहज छ । पानी बोटलिङ गर्ने केही कम्पनीको उद्योग नै राजधानी बाहिर रहेका छन् ।

तोकिएको भन्दा बढी मूल्यमा पानी बिक्री गर्नेलाई कानुन अनुसार कारवाही हुने विभागले जनाएको छ । बढी मूल्य लिइ बिक्री गरेमा सरकारी निकायमा उजुरी गर्न विभागले भनेको छ ।

Share News