काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले नबिल इक्विटी र नबिल ब्यालेन्स फण्ड २ को कारोबार रोक्का गरिदिएको छ । नेप्सेले बुधबार मात्रै यी फण्डको कारोबार रोक्का गरिदिएको हो ।
लिस्टिङ विनियम २०७५ को पालना नगरेको भन्दै नेप्सेले उक्त दुई फण्डको कारोबार रोकिएको छ ।