नबिल इक्विटी र नबिल ब्यालेन्स फण्डको लाभांश घोषणा, बुक क्लोज कहिले ?

<p>काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी र नबिल ब्यालेन्स फण्डको लाभांश घोषणा भएको छ । असोज २५ गते बिहान बसेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेको हो । जसमध्ये नबिल इक्वीटी फण्डका इकाईधनीलाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गरिने प्रस्ताव रहेको छ । [&hellip;]</p>

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी र नबिल ब्यालेन्स फण्डको लाभांश घोषणा भएको छ । असोज २५ गते बिहान बसेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को लाभांश घोषणा गरेको हो ।

जसमध्ये नबिल इक्वीटी फण्डका इकाईधनीलाई कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गरिने प्रस्ताव रहेको छ । त्यसैगरी, नबिल ब्यालेन्स फण्ड २ का इकाईधनीलाई आव २०७८/७९ को नाफाबाट करसहित ७ प्रतिशत प्रतिफल वितरण गर्ने भएको छ ।

उक्त लाभांश प्रयोजनको लागि कार्त्तिक १८ गते एकदिन बुक क्लोज हुने भएको छ ।

Share News