बाराही हाइड्रोपावरले कात्तिक ४ गतेदेखि आईपीओ निष्काशन गर्दै, क-कसले आवेदन दिन पाउँछन् ?

<p>काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले कात्तिक ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाका [&hellip;]</p>

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले कात्तिक ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो । कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाका जैमिनी नगरपालिकाको वडा नं. १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा कात्तिक १८ गते र ढिलोमा मंसिर ४ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बि माइनस प्रदान गरेको छ । यसले वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

Share News