सिटिजन्स बैंकको ९ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

<p>काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २७ गते, बिहीबार अन्तिम दिन हो । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता [&hellip;]</p>

last day sign flat concept

काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको लाभांश सुरक्षित गर्ने आज असोज २७ गते, बिहीबार अन्तिम दिन हो । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात असोज २८ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन र बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित कार्तिक ४ गते अमृतभोग, कालिकास्थानमा विहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाले गत आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा बैंकले अन्य बैंकसँग मर्जरमा जान वा बैदेशिक साझेदारीमा जामनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने भएको छ ।

यस्तै, सभामा गत आवको सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात र नाफानोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरण माथि छलफल हुनेछ ।

Share News