समीट र नेशनल माइक्रोफाइनान्स मर्ज हुने, सेयर कारोबार रोक्का

<p>काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । सो प्रयोजनको लागि दुबै लघुवित्तले एक आपसमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समझदारी पत्रमा असोज २६ गते बुधबार हस्ताक्षर भएको हो । र, मर्जर प्रयोजनको लागि दुबै लघुवित्तको असोज २७ गतेदेखि सेयर कारोबार रोक्का [&hellip;]</p>

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन् । सो प्रयोजनको लागि दुबै लघुवित्तले एक आपसमा समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त समझदारी पत्रमा असोज २६ गते बुधबार हस्ताक्षर भएको हो । र, मर्जर प्रयोजनको लागि दुबै लघुवित्तको असोज २७ गतेदेखि सेयर कारोबार रोक्का हुने भएको छ । यससँगै अब मर्जर प्रक्रिया सम्पन्न भई एकीकृत कारोबार नभएसम्म दोश्रो बजारमा यी कम्पनीको सेयर कारोबार बन्द हुने छ ।

समझदारी अनुसार समीट लघुवित्त वित्तीय संस्थाको मर्जर स्वाप रेसियो अनुपात ८२ रुपैयाँ (अर्थात समीट लघुवित्त वित्तीय संस्थाको १०० कित्ता सेयर बराबर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ८२ कित्ता) कायम हुनेछ ।

मर्जर पश्चात संस्थाको सञ्चालक समितिको अध्यक्षमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका अध्यक्ष केशवप्रसाद आचार्य र प्रमुख कार्यकारी अधिकृतमा राम बहादुर यादव रहनेछन् । संयुक्त मर्जर समितिका संयोजकका रूपमा क्षितिज खड्कालाई मनोनित गरिएको छ ।

मर्जर पश्चात संस्थाको नाम नेशनल समीट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था हुने भएकाे छ । त्यसैगरी संस्थाको चुक्तापूँजी १ अर्बभन्दा बढी कायम हुने, ग्राहक सदस्य संस्या २ लाख भन्दा बढी हुने, लगानीमा रहेको कर्जा रकम १७ अर्बभन्दा बढी हुने र संस्थाको शाखा सञ्जाल देशको सातै प्रदेशको ७४ जिल्लाहरुमा विस्तार भइ कुल शाखा संख्या २०४ पुग्ने छ ।

Share News