काठमाडौं । दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताका लागि अबको सिजन भनेको लाभांश वितरणको हो । यतिबेला सेयरधनीहरुलाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश वितरण गर्ने प्रस्ताव गरिरहेका छन् ।
बैंकिङ्ग क्षेत्रमा हालसम्म २ वटा वाणिज्य बैंक र एउटा पुर्वाधार बैंकले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । सिटिजन्स बैंक, कुमारी बैंक र नेपाल नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।
अन्य कम्पनीका सेयरधनीहरु लाभांशको पर्खाइमा छन् । नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गर्ने समय भएकाले सेयरधनीहरु लाभांशको पर्खाइमा रहेका छन् ।
नेपालको बैंकिङ्ग क्षेत्रमा अब्बल मानिएका ३ वटा वाणिज्य बैंकहरुले भने सेयरधनीहरुलाई कति लाभांश देला भनेर सबैले चासोका रुपमा हेरेका छन् । बैंकिङ्ग क्षेत्रमा आफूलाई एक नम्बरको दाबी गर्ने नबिल बैंक, ग्लोबल आइएमई बैंक र एनआईसी एशिया बैंकले सेयरधनीहरुलाई कति लाभांश देला भनेर चासोका रुपमा हेरिएको छ । यी बैंकहरुबीच अन्य सूचकमा प्रतिस्पर्धा बढ्दो भएपनि लाभांशमा भने धेरै अन्तर छ ।
सेयरधनीहरुलाई लाभांश वितरणका हिसावले नबिल बैंक अब्बल रहेको छ । यसपटक पनि बैंकले सेयरधनीलाई राम्रो लाभांश वितरण गर्ने क्षमता राखेको छ । यस्तै, एनआईसी एशिया बैंक र ग्लोबल आइएमई बैंकले पनि सेयरधनीहरुलाई राम्रो प्रतिफल दिइरहेका छन् ।
नबिल बैंकको लाभांश इतिहास
नबिल बैंकले आर्थिक वर्ष २०६०/२०६१ मा ६५ प्रतिशत, आर्थिक वर्ष २०६१/२०६२ मा ७० प्रतिशत, आर्थिक वर्ष २०६२/२०६३ मा ८५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यस्तै, बैंकले आर्थिक वर्ष २०६७/२०६८ मा ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त आर्थिक वर्षमा बैंकले बोनस सेयर वितरण गरेको थिएन ।
यस्तै, बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा ४० प्रतिशत बोनस सेयर र १ सय प्रतिशत नगद गरी कूल १४० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ६० प्रतिशत नगद गरी कूल १ सय प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा ५० प्रतिशत बोनस सेयर र ३५ प्रतिशत नगद गरी कूल ८५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०६६/२०६७ मा बैंकले आफ्ना सेयरधनीहरुलाई ४० प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद गरी कूल ७० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०६८/२०६९ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०६९/२०७० मा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद गरी कूल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा सेयरधनीहरुलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
गत आर्थिक वर्षको नाफाबाट बैंकले सेयरधनीहरलाई झण्डै ४० प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ । बैंकको चुक्ता पूँजी २२ अर्ब ८३ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ९ अर्ब १२ करोड रुपैयाँ रहेको छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ मा ३९.९४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ ।
ग्लोबल आइएमई बैंकको लाभांश इतिहास
बैंकले आर्थिक वर्ष २०६९/२०७० मा १५ प्रतिशत, आर्थिक वर्ष २०७१/२०७२ मा २३ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा १६ प्रतिशत र आर्थिक वर्ष २०७२/२०७३ मा १६ प्रतिशत बोनस वितरण गरेको थियो । यी वर्ष बैंकले नगद लाभांश वितरण गरेको थिएन ।
बैंकले आर्थिक वर्ष २०६८/२०६९ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल १३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७०/२०७१ मा बैंकले सेयरधनीहरूलाई २१ प्रतिशत बोनस र ४ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७३/२०७४ मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७५/२०७६ मा बैंकले सेयरधनीहरूलाई १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नगद गरी कूल २५.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७६/२०७७ मा बैंकले सेयरधनीहरूलाई १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद गरी कूल १६ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०७७/२०७८ मा बैंकले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद गरी कूल १३.५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंकको गत वर्षको नाफाबाट सेयरधनीहरलाई झण्डै साढे १३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ । बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा ३ अर्ब १९ करोड रुपैयाँ रहेको छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ मा १३.४५ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ ।
एनआईसी एशिया बैंकको लाभांश इतिहास
बैंकले आर्थिक वर्ष २०६६/२०६७ मा २६.३२ प्रतिशत, आर्थिक वर्ष २०६७/२०६८ मा २० प्रतिशत, २०६८/२०६९ मा २५ प्रतिशत, आर्थिक वर्ष २०६९/२०७० मा २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
बैंकले आर्थिक वर्ष २०६१/२०६२ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०६२/२०६३ मा बैंकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०६३/२०६४ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, आर्थिक वर्ष २०६४/२०६५ मा बैंकले सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०६५/२०६६ मा १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३९ प्रतिशत बोनस सेयर र २.०५ प्रतिशत नगद गरी कूल ४१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई २६ प्रतिशत बोनस सेयर र १.३७ प्रतिशत नगद गरी कूल २७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५ प्रतिशत नगद गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
यस्तै, बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई १९ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गरेको थियो ।
राष्ट्र बैंकले एनआईसी एशिया बैंकको आर्थिक वर्ष २०७७/२०७८ को लाभांश भने रद्द गरेको थियो । राष्ट्र बैंकले बैंकको पूँजी पर्याप्त नदेखिएको भन्दै बैंकको लाभांश रद्द गरेको थियो । बैंकले आर्थिक वर्ष २०७७/२०७८ को नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र ०.७८९४७ प्रतिशत नगद गरी कुल १५.७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
बैंकको गत वर्षको नाफाबाट सेयरधनीहरलाई झण्डै साढे १९ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ । बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य नाफा २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । सोही आधारमा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ मा १९.४३ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता रहेको छ ।