काठमाडौं । एनआईसी एशिया क्यापिटलले संञ्चालन गरिरहेको तीन सामुहिक लगानी कोष योजनाहरुको लाभांश घोषणा भएको छ ।
क्यापिटल अन्तर्गत संचालित एनआईसी एशिया ग्रोथ फण्ड, एनआईसी एशिया व्यालेन्सड् फण्ड र एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको लाभांश घोषणा भएको हो । समितिको असोज २८ गते बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ का लागि यि तीन फण्डको घोषणा गरेको हो ।
एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया व्यालेन्सड् फण्डले करसहित १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले करसहित ९ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।
लाभांश प्रयोजनको लागि तीनै फण्डले कार्तिक १५ गते एक दिनको लागि बुक क्लोज गर्ने जनाएको छ । त्यसअनुसार कार्तिक १४ गतेसम्म कायम इकाईधनीले मात्रै उक्त लाभांश पाउनेछन् ।