मुक्तिनाथ कृषि कम्पनीले ५५.५५% हकप्रद सेयर निष्कासन गर्ने, अर्को वर्षदेखि लाभाशं दिने तयारी

<p>काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीकाे २८ गते बसेको साधारणसभाले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हाे । साधारणसभाले विषेश प्रस्तावहरु मार्फत कम्पनीकाे चुक्ता पुँजी ५६ करोड तथा जारी पुँजी ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ। यस्तै, सभाले २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित ,सोहि आ .व. [&hellip;]</p>

काठमाडाैं । मुक्तिनाथ कृषि कम्पनीले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएकाे छ । कम्पनीकाे २८ गते बसेको साधारणसभाले ५५.५५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हाे ।

साधारणसभाले विषेश प्रस्तावहरु मार्फत कम्पनीकाे चुक्ता पुँजी ५६ करोड तथा जारी पुँजी ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको छ।

यस्तै, सभाले २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल तथा पारित ,सोहि आ .व. को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरेको छ ।

सभामा कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कम्पनीको प्रगति विवरण तथा भावी कार्ययोजनाहरु प्रस्तुत गर्दै कम्पनीले आगामी वर्षहरुमा आफ्ना सेयरधनीहरुलाई प्रतिफल दिनेगरी अगाडी बढिरहेको बताएका थिए ।

 

Share News