काठमाडौं । लक्ष्मी समहूले विश्व प्रशिद्ध ब्राण्ड बाेस होम अपलाइन्स (घरायसी सामान) हरुको नेपालमा आधिकारिक रुपमा सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि जर्मन कम्पनी बाेसका घरायसी सामाग्रीहरु नेपालमा सार्वजनिक गरेको हो ।
नेपालका लागि जर्मनका राजदुत थोमस प्रिन्जको प्रमुख आथित्यमा नेपालमा बाेस कम्पनीले उत्पादन गरेका होम अपलाइन्स सार्वजनिक गरिएको हो । बाेस कम्पनीका उक्त ब्राण्डेड घरायसी सामानहरु लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलोक्ट्रोटेकलाई आधिकारिक रुपमा बिक्री वितरण गर्नेछ ।
लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठले लक्ष्मी समूहले विभिन्न क्षेत्रमा लगानी गर्दै आइरहेकोमा अबदेखि बाेसका ब्राण्डेड घरायसी सामानहरु पनि बिक्री गर्ने बताए ।
सन् १९७६ मा स्थापना भएको लक्ष्मी समूहको स्थापना पश्चात् व्यावसायिकतालाई निरन्तराता दिँदै आएको अध्यक्ष श्रेष्ठले बताए । हालसम्म समूहले प्याकेजिङ, डेरी, अटोमोबाइल, स्टिल लगायतको व्यवसाय गर्दै आइरहेको छ ।
उच्च स्तरका बाेस ब्राण्डको होम अपलाइन्समा पनि आफ्नो योगदान रहने उनको भनाइ छ । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी इलोक्ट्रोटेकलले आधिकारिक रुपमा बाेसका सामाग्रीहरु बिक्री वितरण गर्ने उनले बताए ।
यस कम्पनीका होम अपलाइन्सहरु अत्याधुनिक प्रविधिका साथै विश्वसनिय र आकर्षित हुने गरेको उनले जानकारी गराए । बाेस कम्पनीले घरहरुमा आवश्यक पर्ने विश्वका एक नम्बर ब्राण्डेड सामाग्रीहरु उत्पादन गर्ने गरेको उनले बताए ।
बाेस कम्पनीका होम अपलाइन्सहरुमा रेफ्रिजेरेट (फ्रिज), वाटर ड्रायर, वास मेसिन लगायतका सामाग्रीहरु नेपाली बजारमा उपलब्ध गराएको छ । प्रमुख अतिथि राजदूत प्रिन्जले आफु सानै हुँदादेखि बस्चका सामग्रीहरु प्रयोग गरेको स्मरण गर्दै बाेसको सामग्री गुणस्तरमा स्तरीय भएको धारणा राखे । अब नेपालमा पनि यसले आफ्नो बजार बढाउनेमा दुइमत नभएको उनको भनाइ छ ।
‘म सानै छँदा जर्मनमा बाेस ब्राण्डका सामन प्रयोग गर्थेँ, अहिले म नमर्नको राजदूतको रुपमा नेपालमा छु, अहिले आएर पुनः नेपालमै बसेर बाेस ब्राण्डका सामग्री प्रयोग गर्ने अवसर पाएको छु, यसमा म धेरै खुसी छु, यसले नेपाली बजारमा आफ्नो स्वामित्व बढाउनेमा म विश्वस्त छु,’ उनले कार्यक्रममा भने ।
यस्तै, बिएसएच हाउसहोल्ड अप्लायन्सका भारतका प्रमुख कार्यकारी अधिकृत निरज बाहालले नेपालमा बाेस ब्राण्डका सामानले ग्राहकको मन जित्नेमा आफु ढुक्क भएको धारणा राखे । उनले विश्वका अधिकांश देशहरुमा यो ब्राण्डले सफलता पाएको बताउँदै नेपालमा पनि सफल हुनेमा आफु विश्वस्त भएको उनको भनाइ छ ।
नेपालमा बाेसका उत्पादन भारतबाट आउने बताउँदै उनले नेपाल र भारतीय बजारमा धेरै विषयमा समानता भएको बताए ।
बिएसएच हाउसहोल्ड अप्लायन्सका भारतका बिजनेस हेड आशिस सशिधरणले पनि बस्च ब्राण्डले गुणस्तरमा कम्प्रमाइज नगर्ने धारणा राखे । उनले आफुहरुले नेपाली बजारमा यस ब्राण्डको विषयमा अध्ययन गरेर मात्रै बिक्री सुरु गरेको बताउँदै लक्ष्मी ग्रुपले पनि यसमा सफलता पाउने धारणा राखे ।