काठमाडौं । सोमबार सेयर बजार दुई दशमलब ६१ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार दुई दशमलब ६१ अंकले ओरालो लाग्दा अभियान लघुवत्तिको सेयर मूल्य सबैभन्दा धेरैले बढेको छ ।
आइतबार सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको यस लघुवित्तको सेयर मूल्य सोमबार ९.९९ प्रतिशत अर्थात ७३.४० रुपैयाँले बढेको छ । यस्तै, अर्काे सयपत्री हाइड्राेपावरकाे सेयर मूल्य पनि ९.९६ प्रतिशत अर्थात १९.४० प्रतिशतले बढेकाे छ ।
सोमबार १६ लाख ३१ हजार ३४९ कित्ता खरिदबिक्री हुँदा ५१ करोड ५८ लाख १८ हजार ९९० रुपैयाँको कारोबार भएको छ ।