
काठमाडौं । नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ वटा कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बाट सिफारिस लिएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३० दिनको समयअवधि राखेर गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको थियो ।
यस अवधिमा नेप्सेबाट ४५ वटा कम्पनीले आवेदनका लागि सफिारिस लिएको नेप्सेले जनाएको छ । नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ वटा कम्पनीलाई सिफारिस गरेको नेप्सेले जनाएको छ ।
४५ वटा कम्पनीहरुमा एउटा कम्पनीले धितोपत्र व्यापारीका लागि आवेदन दिएको छ । नबिल सेक्युरुटिजले १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजीको धितोपत्र व्यापारीका लागि आवेन दिएको हो । धितोपत्र व्यापारीका लागि आवेदन दिँदा १ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी हुनु पर्ने व्यवस्था छ ।
यस्तै, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि ६० करोड रुपैयाँ चुक्ता पूँजी भएको हुनुपर्नेछ । उक्त व्यवसायका लागि ३ वटा कम्पनीले आवेदन दिने गरी नेप्सेबाट सिफारिस लिएका छन् । मेगा स्टक मार्केट, सेन्चुरी बैंक र हिमालयन ब्रोकरेजले ६० करोड रुपैयाँ पूँजी भएको ब्रोकर कम्पनीको लागि आवेदन दिएका हुन् ।
यस्तै, सिमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि २० करोड रुपैयाँ चुक्ता पूँजी भएको हुनु पर्ने व्यवस्था छ । ४१ वटा कम्पनीले २० करोड रुपैयाँ चुक्ता पूँजी भएको ब्रोकर कम्पनीका लागि आवेदन दिन सिफारिस लिएको नेप्सेले जनाएको छ ।
भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज प्रालि, कलश सेक्युरिटिज प्रालि, हिमालयन ब्रोकरेज कम्पनी, एनएमबी सेक्युरिटिज लिमिटेड, केबिएल सेक्युरिटिज लिमिटेड, प्रोपर्टी बिजार्ड लिमिटेड, सेयर प्रो सेक्युरिटिज लिमिटेड, माछापुच्छ्रे सेक्युरिटिज प्रालि, एनआईसी एसिया सेक्युरिटिज लिमिटेड, सन सेक्युरिटिज प्रालि, पाही इन्भेस्टमेन्ट लिमिटेड, मियो सेक्युरिटिज प्रालि, एलिट स्टक हाउस, इन्फिनिटी सेक्युरिटिज लिमिटेड, इन्डेक्स सेक्युरिटिज लिमिटेड, जेबीएनएल सेक्युरिटिज लिमिटेड, प्रभु स्टक मार्केट क्यापिटल लिमिटेडे, आरबीबी सेक्युरिटिज कम्पनी लिमिटेडले आवेदन दिएका छन् ।
यस्तै, एसपीएसए सेक्युरिटिज लिमिटेड, शुभकामना सेक्युरिटिज प्रालि, ट्रेडमो सेक्युरिटिज प्रालि, सानिमा सेक्युरिटिज लिमिटेड, आकाश भैरव सेक्युरिटिज लिमिटेड, क्यापिटल हब प्रालि, गरिमा सेक्युरिटिज लिमिटेड, स्टक्स काट्र्स सेक्युरिटिज लिमिटेड, हातेमालो फानान्सियल सर्भिसेज प्रालि, सीबीआईएल सेक्युरिटिज, इगल स्टक इक्विटी प्रालि, सनराईज सेक्युरिटिज लि, इन्दिरा सेक्युरिटिज प्रालि, सजिलो ब्रोकर लिमिटेड, मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेड, ब्ल्युचिप सेक्युरिटिज लिमिटेड, बेनी सेक्युरिटिज कम्पनी लिमिटेड, रोडसो सेक्युरिटिज लि., सिजी ईन्भेष्टमेन्ट से. लिमिटेड, म्याग्नेट सेक्युरिटिज एण्ड ईन्भेष्टमेन्ट कं.प्रा.लि, मनि वल्र्ड शेयर एक्सचेन्ज प्रालि, सेन्चुरी सेक्युरिटिज लिमिटेड, एप्पल सेक्युरिटिज लिले २० करोड रुपैयाँ चुक्ता पूँजी भएको ब्रोकर कम्पनीका लागि आवेदन दिएका छन् ।