इष्टर्न हाइड्रोपावरको आइपीओमा आवेदन दिने भोली अन्तिम दिन

<p>काठमाडाैं । इष्टर्न हाइड्रोपावरले सर्वसाधारणमा जारी गरेको आइपीओमा आवेदन दिने समय बढाइएकाे छ । आज (मंगलबार) सार्वजनिक विदा परेपछि आइपीओमा आवेदन दिने समय एक दिन थप गरिएकाे छ । कम्पनीकाे बिक्री प्रबन्धक एनएमबि क्यापिटलले मंगलबार एक सूचना जारी गर्दै आइपीओमा आवेदन दिनका लागि एक दिन समय थप गरेकाे जानकारी दिएकाे हाे । इष्टर्न हाइड्रोपावरले छ करोड २० लाख मूल्य [&hellip;]</p>

काठमाडाैं । इष्टर्न हाइड्रोपावरले सर्वसाधारणमा जारी गरेको आइपीओमा आवेदन दिने समय बढाइएकाे छ । आज (मंगलबार) सार्वजनिक विदा परेपछि आइपीओमा आवेदन दिने समय एक दिन थप गरिएकाे छ ।

कम्पनीकाे बिक्री प्रबन्धक एनएमबि क्यापिटलले मंगलबार एक सूचना जारी गर्दै आइपीओमा आवेदन दिनका लागि एक दिन समय थप गरेकाे जानकारी दिएकाे हाे ।

इष्टर्न हाइड्रोपावरले छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकाे छ । कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

Share News