नेपालमै पहिलोपटक ब्रोकर नं ५८ ले सुरु गर्यो लगानीकर्तालाई कर्जा दिएर सेयर किन्ने सेवा

<p>काठमाडौं । ब्रोकर नं ५८ अर्थात नासा सेक्यूरिटिजले मार्जिन कारोबार सुविधा सुरु गरेको छ । कम्पनीले नेपालमै पहिलोपटक लगानीकर्तालाई सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोबार सुविधा सेवा सुरु गरेको हो । नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गरेपछि लगानीकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा प्रदान गर्ने [&hellip;]</p>

काठमाडौं । ब्रोकर नं ५८ अर्थात नासा सेक्यूरिटिजले मार्जिन कारोबार सुविधा सुरु गरेको छ । कम्पनीले नेपालमै पहिलोपटक लगानीकर्तालाई सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोबार सुविधा सेवा सुरु गरेको हो ।

नेपाल स्टक एक्सचेञ्जले २०७५ सालमा मार्जिन कारोबार सुविधा सम्बन्धि कार्यविधि, २०७५ जारी गरेपछि लगानीकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्यूरिटिज पहिलो ब्रोकर कम्पनी हो ।

कम्पनीले यस सेवामा लगानीकर्ताहरुका लागि २ प्रकारका योजनाहरु ल्याएको छ । पहिलो योजना अन्तरर्गत १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशत मात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्नेछन् ।

३० दिने अवधिका लागि उपलब्ध गराइने यस योजनामा सेवा शुल्क र ब्याजसहित ९ हजार ९९९ रुपैयाँ लाग्ने कम्पनीले जानकारी दिएको छ । दोस्रो योजना अन्तर्गत १० लाखसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि सेवा शुल्क र ब्याजसहित २१ हजार ५८ रुपैयाँ लाग्नेछ ।

कम्पनीको अनुसार यो सुविधा उपयोग गर्न चाहने ग्राहकले नेप्सेबाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीभित्र रही कारोबार गर्नुपर्ने छ । कम्पनीले दुवै योजना ग्राहकहरुले आवेदन दिएको ५८ मिनेट भित्रमा स्वीकृत गर्ने जनाएको छ ।

मार्जिन कारोबार सुविधा लिई कारोबार गर्नका लागि ग्राहकले कम्पनीको वेबसाइटमा गई आवेदन दिन सक्नेछन् ।

Share News