विज्ञापन ऐजेन्सीहरुले बनाए नयाँ विज्ञापन संघ ‘नान’

<p>काठमाडौं । विज्ञापन ऐजेन्सी सञ्चालकहरुले नयाँ छाता संगठनको निर्माण गरेका छन् । अहिलेसम्म विज्ञापन ऐजेन्सीहरुको एउटै मात्र छाता संगठन ‘नेपाल विज्ञापन संघ’ रहेकोमा एजेन्सी सञ्चालकहरुले त्यसको प्रतिस्पर्धीको रुपमा नयाँ ‘राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को स्थापना गरेका हुन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरेर सञ्चालन गरिएको नयाँ संघ धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय रहेको [&hellip;]</p>

काठमाडौं । विज्ञापन ऐजेन्सी सञ्चालकहरुले नयाँ छाता संगठनको निर्माण गरेका छन् । अहिलेसम्म विज्ञापन ऐजेन्सीहरुको एउटै मात्र छाता संगठन ‘नेपाल विज्ञापन संघ’ रहेकोमा एजेन्सी सञ्चालकहरुले त्यसको प्रतिस्पर्धीको रुपमा नयाँ ‘राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को स्थापना गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता गरेर सञ्चालन गरिएको नयाँ संघ धर्मेन्द्रकाजी श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय रहेको छ । जसको प्रथम उपाध्यक्षमा प्रदिपप्रसाद कोइराला, द्वितीय उपाध्यक्षमा अमृत कुमार पन्थी, महासचिवमा आशिष खड्का, सचिवमा बिमल खड्का र कोषाध्यक्षमा बसन्त योगी रहेका छन् ।

त्यस्तै सदस्यहरुमा रबि अर्याल, इन्द्रमणि न्यौपाने, राम बज्राचार्य र गञ्जनमणि भट्टराई रहेका छन् ।

Share News