
काठमाडौं । उच्चस्तरीय घरायसी सामान तथा उपकरणबाट हरेक घरको जिवन शहज बनाउने उद्देश्यका साथ १५ बर्ष पहिले स्थापना भएको यसुदा ब्रान्ड विगत लामो समयदेखी नेपालको उत्कृष्ट होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको छ । यस ब्रान्डले विगत १५ बर्ष देखी घरायसी जिवन सहज बनाउने ४० भन्दा वढी हजारौ उत्पादनहरु बिक्री वितरण गदै आएको छ ।
ब्रान्डको स्थापना देखी यसुदा क्यालकुलेटर ,इमरजेन्सी लाइट, राइसकुकर जस्ता उत्पादनहरु आम नेपालीको मन मस्तिस्कमा रहीरहेको छ ।
यसुदा ब्रान्डको वासिङ्ग मेसिन, टेलिभिजन, एसी, फ्रिज, माइक्रो ओभन ,इन्डक्सन जस्ता उत्पादनलाई पनि उपभोक्ताहरुले अत्यधिक माया र बिश्वास गरेकोले नै यसुदा नेपालको नम्बर १ होम एप्लाइन्सेस ब्रान्ड बन्न सफल भएको कम्पनीले दाबी गरेको छ ।
यसुदाका हरेक उत्पादनहरु गुणस्तरलाई ध्यानमा राखेर गरिने भएकोे र नविनतम प्रविधि मार्फत आफ्ना उत्पादन लाई समय र उपभोक्ताको आवश्यकता अनुसार निरन्तर अपडेट गर्दै अएकोले पनि यसुदा हरेक नेपालीको मन मस्तिष्कमा रहन सफल ब्रान्ड भएको छ । कम्पनीको दाबी छ ।
व्यवसायिक क्रियाकलापसँगै सामाजिक उत्तरदायित्वका लागी प्राथमिकतामा राखेर पन्ध्रौ बर्ष प्रवेश गरेको उपलक्ष्यमा वन्दी सहायता नेपालका १५ जना विद्यार्थीलाई छात्रवृत्ति दिएर अध्ययनको अवसर प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।
आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा निरन्तर यसुदालाई नेपालको नम्बर १ होम एप्लाइन्सेस ब्रान्ड बनाउन सहयोग गर्ने आम उपभोक्ता ,विक्रेता ,संचारकर्मी,कर्मचारी तथा सुभचिन्तकहरुले ब्रान्ड प्रती दर्शाएको विश्वास तथा सदभाव प्रती कृतज्ञता प्रकट गदै आगामी दिनमा अझ बढी सुलभ,सरल र आधुनिक होम एप्लाइन्सेसका उत्पादनहरु लिएर आउने प्रतिवद्धता कम्पनीले व्यक्त गरेको छ ।