१३ म्युचुअल फण्डको लाभांश : ३ वटाको २० प्रतिशत बढी, अन्य कुनको कति ?

<p>काठमाडौं । अघिल्लो वर्षको तुलनामा गत वर्ष म्युचुअल फण्डको प्रतिफल घटेको छ । सेयर बजार बढेपछि राम्रो आम्दानी गरेका म्युचुअल फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफल वितरण गरेका थिए । तर गत वर्ष बजारमा गिरावट आएसँगै म्युचुअल फण्डको नाफा घट्दा प्रतिफल पनि घटेको छ । अघिल्लो वर्ष सेयर बजारले रेकर्ड राख्दै नयाँ उचाइ चुम्न सफल भएपछि म्युचुअल [&hellip;]</p>

काठमाडौं । अघिल्लो वर्षको तुलनामा गत वर्ष म्युचुअल फण्डको प्रतिफल घटेको छ । सेयर बजार बढेपछि राम्रो आम्दानी गरेका म्युचुअल फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफल वितरण गरेका थिए । तर गत वर्ष बजारमा गिरावट आएसँगै म्युचुअल फण्डको नाफा घट्दा प्रतिफल पनि घटेको छ ।

अघिल्लो वर्ष सेयर बजारले रेकर्ड राख्दै नयाँ उचाइ चुम्न सफल भएपछि म्युचुअल फण्डको राम्रो आम्दानी भएको थियो । आम्दानी बढेसँगै फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफिल दिएका थिए । गत वर्ष भने सेयर बजार घटेको कारण म्युचुअल फण्डको लाभांश घटेको मर्चेन्ट बैंकर्स बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका २८ म्युचुअल फण्ड सूचीकृत छन् । हालसम्म १३ वटा म्युचुअल फण्डले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएका छन् । लाभांश घोषणा गरेका अधिकांश फण्डको घटेको छ ।

तर एउटा फण्डको भने लाभांश बढेको छ । एनएमबि हाइब्रिड फण्ड एल–१ को भने लाभांश वृद्धि भएको छ । हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुमा एनएमबि हाइब्रिड फण्ड एल–१ ले अघिल्लो वर्षको तुलनामा बढी घोषणा गरेको हो । उक्त फण्डले २१.०५ प्रतिशत लाभांश वितरण गरेको हो । यसअघि उक्त फण्डले इकाईधनीहरुलाई २० प्रतिशत मात्रै लाभांश वितरण गरेको थियो ।

लक्ष्मी क्यापिटलका दुई वटा म्युचुअल फण्डको प्रतिफल दोहोरो अंकबाट एकल अंकमा झरेको छ । लक्ष्मी इक्विटी फण्डले अघिल्लो वर्ष ३५ प्रतिशत वितरण गरेको गत वर्षका लागि भने ५ प्रतिशत मात्रै वितरण गरेको छ । लक्ष्मी उन्नति कोषले आर्थिक वर्ष २०७७/७८ मा २५ प्रतिशत लाभांश वितरण गरेको गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत मात्रै वितरण गरेको छ ।

यस्तै, नलिब ब्यालेन्स्ड फण्ड–२ ले ७ प्रतिशत, नबिल इक्विटी फण्डले ५ प्रतिशत, एनआईविएल प्रगति फण्डले ४.३ प्रतिशत र सिद्धार्थ इक्विटी फण्डले २२ प्रतिशत प्रतिफल वितरण गरेको हो ।

यस्तै, एनएमबि फिफ्टीले २१.०५ प्रतिशत, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले १० प्रतिशत र सनराइज फर्स्ट म्युचुअल फण्डले १२ प्रतिशत मात्रै प्रतिफल इकाईधनीहरुलाई वितरण गरेका हुन् ।

एनआईसी एशिया ब्यालेन्स्ड फण्डको र एनआईसी एशिया ग्रोथ फण्डको लाभांश पनि दोहो अंकमाबाट घटेर एकल अंकमा झरेको छ । एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डले इकाईधनीहरुलाई १३/१३ प्रतिशत प्रतिफल वितरण गरेको हो ।सानिमा इक्विटी फण्डको लाभांशमा पनि गिरावट आएको छ । सो फण्डले २२ प्रतिशत प्रतिफल वितरण गरेको छ ।

Share News