काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सबै सुचीकृत कम्पनीलाई कात्तिक २५ गतेभित्र एनओटिएसको लगइन आइडी लिन आग्रह गरेका छन् । नेप्सेले आइतबार सूचना जारी गर्दै सबै कम्पनीलाई यस्तो आग्रह गरेको हो ।
कात्तिक २७ गतेदेखि नेप्सेको नयाँ वेबसाइट पुर्ण रुपमा संचालन हुने भएकाले सबैले कात्तिक २५ गतेभित्र नै लगइन आइडी लिनुपर्ने बताएको छ ।
नेप्सेको अनुसार नयाँ वेबसाइट पुर्ण रुपमा संचालन आएपछि सबै सुचीकृत कम्पनीहरुको सृचना तथा विवरणहरु नयाँ वेबसाइटमा मात्र सार्वजनिक हुने र पुरानो वेबसाइटको लगइन आइडी खारेज हुनेछ ।