रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा यसरी मनाइयो भाइटीका (फोटोफिचर)

<p>काठमाडौं । दिदीबहिनी एवं दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर टिका लगाएका छन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुलेको हाे । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् । विसं २०३५ पछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । सात वर्षअघि भुकम्पको कारण क्षतिग्रस्त बनेपछि बीचमा [&hellip;]</p>

काठमाडौं । दिदीबहिनी एवं दाजुभाइ नहुनेले काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर टिका लगाएका छन् ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुलेको हाे । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

विसं २०३५ पछि नियमितरूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो । सात वर्षअघि भुकम्पको कारण क्षतिग्रस्त बनेपछि बीचमा बालगोपालेश्वर मन्दिर बन्द गरिएको थियो ।

यस मन्दिर भूकम्पपछि विसं २०७७ देखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो ।

Share News