दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु

<p>काठमाडौं । शनिबारबाट काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भएपनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दुतावास परिसरमा सञ्चालन भइरहेको छ । जर्मन राजदुतावास र नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीको संयुक्त पहलमा सञ्चालन [&hellip;]</p>

काठमाडौं । शनिबारबाट काठमाडौंमा दुई दिने नेपाल–जर्मन मार्ट २०२२ मेला शुरु भएको छ । भर्चुअली रुपमा मेला एक हप्तासम्म चल्ने भएपनि भौतिक उपस्थितिमा भने मेला दुई दिन मात्रै चल्ने भएको हो । मेला काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दुतावास परिसरमा सञ्चालन भइरहेको छ ।

जर्मन राजदुतावास र नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीको संयुक्त पहलमा सञ्चालन भएको मेलामा नेपालबाट निर्यात हुने सामग्री र जर्मनबाट नेपाल आयात हुने वस्तुहरु राखिएको नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीका अध्यक्ष अनुपबहादुर मल्लले बताए । उनले मेलामा कुल ४० वटा स्टल रहेको र जसमा ३५ वटा स्टलहरु नेपाली उत्पादित सामग्री र ५ वटा खानेकुराका स्टलहरु राखिएको बताए । उनले लामो समय यता कोरोना भाइरसका कारण सुस्ताएको व्यापार सम्बन्धलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरेको बताए ।

उनले भने, ‘कोरोनापपिछ ४ वर्षसम्म बिजनेस प्रवद्र्धन गर्न नसकिरहेको अवस्थामा जर्मन एमबेसी र हामी मिलेर सानो वेमा उत्पादित वस्तुहरु प्रदर्शनीमा राखेका छाँै । चिया, कफी, गाभर्मेण्ट, कस्मिना लगायतका सामग्रीहरु राखेका छौँ । यसले थोरै भएपनि नेपाली निर्यातलाई बढाउँछ । सानो प्रयास भएपनि कोशेढुंगा सावित हुनेछ । ३५ वटा प्रोडक्ट र ४ वटा फूड स्टल छन् । जम्मा ४० वटा स्टल छन् ।’

त्यस्तै, नेपाल जर्मन चेम्बर अफ कर्मस एण्ड इण्डस्ट्रीका वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपाल जर्मन चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्ष सन्तोषचन्द्र कुँवरले नेपालमा उत्पादन हुने सामग्रीहरु साथै जर्मनबाट आयात हुने सामग्रीहरु प्रदर्शनमा राखिएको बताए ।

Share News