काठमाडौं । नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको १ हजार रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो ।
आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र चाँदी १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।