संसारको सबैभन्दा ठुलो ड्युटी फ्री सपिङ कम्पलेक्स खुल्यो चीनमा

<p>एजेन्सी । चीनको हाइनान प्रान्तमा विश्वकै सबैभन्दा ठुलो ड्युटी फ्री हाइकाउ सपिङ कम्पलेक्स खुलेको छ । उपभोक्ताहरुलाई उपभोगमा बढावा दिनको लागि उक्त विशाल सपिङ कम्पेक्स सञ्चालनमा ल्याएको जनाइएको छ । यो सपिङ कम्पलेक्स चाइना ड्युटी फ्री ग्रुपले निर्माण गरेको हो । २ लाख ८० हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको सो सपिङ कम्प्लेक्समा ८ सय भन्दा [&hellip;]</p>

एजेन्सी । चीनको हाइनान प्रान्तमा विश्वकै सबैभन्दा ठुलो ड्युटी फ्री हाइकाउ सपिङ कम्पलेक्स खुलेको छ । उपभोक्ताहरुलाई उपभोगमा बढावा दिनको लागि उक्त विशाल सपिङ कम्पेक्स सञ्चालनमा ल्याएको जनाइएको छ ।

यो सपिङ कम्पलेक्स चाइना ड्युटी फ्री ग्रुपले निर्माण गरेको हो । २ लाख ८० हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको सो सपिङ कम्प्लेक्समा ८ सय भन्दा धेरै ब्राण्डहरु उपलब्ध रहेका छन् । हाइनान क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटक वृद्धि गर्नको लागि हाइकाउ सपिङ कम्प्लेक्सले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै सो कम्प्लेक्स आन्तरिक मागलाई उच्चस्तरबाट सम्बोधन गर्दै पर्यट उद्योगलाई स्थानीय स्तरको विकासबाट सहयोग पुर्याउने तियानजिन युनिभर्सिटी अफ फाइनान्स एण्ड इकोनोमिक्सका डिन कोङ यी ले बताएका छन् ।

हाइनान यात्राको समयलाई मध्यनजर गरेर स्थानीय उत्पादनलाई बढावा दिने प्रयत्न गरिरहेको छ । स्थानीय प्राधिकरणले ७.३१ डलर बराबरको भौचर वितरण गरेको छ । जसलाई उपभोक्ताहरुले ड्युटी फ्री सपिङको लागि ३१ डिसेम्बरसम्म प्रयोग गर्न सक्छन् ।

Share News