तिहारपछिको पहिलो कारोबार : दोहोरो अंकले बढ्यो नेप्से, वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता

<p>काठमाडौं । तिहार र छठपछि सोमबार खुलेको सेयर बजार १६.३९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार १६.३९ अंकले सेयर बजार बढ्दा नेप्से  १८७४.७४ विन्दुमा पुगेको छ । यसरी सेयर बजार बढ्दा सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेको सयपत्री हाइड्रोपावरको सेयर मूल्य २८.५० रुपैयाँले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार [&hellip;]</p>

काठमाडौं । तिहार र छठपछि सोमबार खुलेको सेयर बजार १६.३९ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार १६.३९ अंकले सेयर बजार बढ्दा नेप्से  १८७४.७४ विन्दुमा पुगेको छ ।

यसरी सेयर बजार बढ्दा सयपत्री हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लागेको सयपत्री हाइड्रोपावरको सेयर मूल्य २८.५० रुपैयाँले बढेको छ ।

नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार २५ लाख ७४ हजार ९७५ कित्ता खरिद बिक्री हुँदा ६९ करोड ७३ लाख १७ हजार ६१३ रुपैयाँको कारोबार भएको छ जसमा सबैभन्दा बढी वाणिज्य बैंकहरुको कारोबार भएको छ ।

वाणिज्य बैंकहरुमा सबैभन्दा बढी कारोबार हुनेमा एनआइसी एसिया बैंक, एभरेष्ट बैंक, नबिल बैंम र प्रभु बैंक रहेको छ ।

Share News