सेयर धितो कर्जामा अझैं आक्रामक बने नबिल, कृषि विकास र माछापुच्छ्रे बैंक, कुनको कति ?

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि एक वर्षमा मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटेको छ । राष्ट्र बैंकले ४/१२ को नीति ल्याएपछि सेयर बजारमा जाने सेयर धितो कर्जा एक वर्षको अवधिमा ३० प्रतिशतले घटेको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा सेयर धितो कर्जा ३१.३२ प्रतिशतले घटेर ६० [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेपछि एक वर्षमा मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटेको छ । राष्ट्र बैंकले ४/१२ को नीति ल्याएपछि सेयर बजारमा जाने सेयर धितो कर्जा एक वर्षको अवधिमा ३० प्रतिशतले घटेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा सेयर धितो कर्जा ३१.३२ प्रतिशतले घटेर ६० अर्ब ४० करोड ८० लाख रुपैयाँमा सीमित भएको हो । गत वर्षको भदौ महिनामा बैंकहरुले ८६ अर्ब ४२ करोड १० लाखरुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

एक वर्षको अवधिमाअधिकांश बैंकहरुले सेयर धितो कर्जा घटाएका छन् । तर, तीन वटा बैंकले भने सेयर धितो कर्जा बढाएका छन् । जसमा नबिल बैंक, माछापुच्छ्रे बैंक र कृषि विकास बैंकले भने सेयर धितो कर्जा बढाएका हुन् ।

नबिल बैंकले ४.४९ प्रतिशत अर्थात् २९ करोड ६० लाख रुपैयाँ बढाएर ६ अर्ब ८८ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । गत वर्षको भदौमा बैंकले ६ अर्ब ५९ करोड रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेको थियो ।

यस्तै, माछापुच्छ्रे बैंकको ९.८० प्रतिशत बढेर १ अर्ब १० करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेको थियो । बैंकले एक वर्षको अवधिमा ९ करोड ८० लाख रुपैयाँ सेयर धितो कर्जा बढाएको हो ।

यस्तै, कृषि विकास बैंकको सेयर धितो कर्जा १७९ प्रतिशत बढेर १ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४१ करोड २० लाख रुपैयाँ मात्रै सेयर धितो कर्जा प्रवाह गरेको थियो । बैंकले एक वर्षको अवधिमा ७४ करोड रुपैयाँ सेयर धितो कर्जा बढाएको हो ।

यस्तै, गतवर्ष सेयर धितो कर्जा नदिएको नेपाल एसबिआई बैंकले गत भदौसम्ममा भने ३ करोड २० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ ।

भदौ मसान्तसम्ममा एभरेष्ट बैंकले सेयर धितो कर्जा सबैभन्दा धेरै घटेको छ । बैंकको ६८ प्रतिशत घटेर ७७ करोड ६० लाख रुपैयाँ, एनएबि बैंकको ५९.३१ प्रतिशत घटेर १अर्ब ४४ करोड ७० लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ५८.५० प्रतिशत घटेर १ अर्ब ७७ करोड रुपैयाँ, कुमारी बैंकको ४९ प्रतिशत घटेर २ अर्ब ४७ करोड रुपैयाँ र सिभिल बैंकको ४३.८४ प्रतिशत घटेर २ अर्ब १४ करोड ९० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

त्यस्तै, नेपाल बैंकको ३१.३२ प्रतिशत घटेर ३ अर्ब ६२ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २६.८९ प्रतिशत घटेर ४ अर्ब ४७ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकको ४०.७३ प्रतिशत घटेर १ अर्ब ७७ करोड रुपैयाँ, हिमालयन बैंकको १८.७४ प्रतिशत घटेर १ अर्ब २४ करोड रुपैयाँ, बैंक अफ काठमाण्डूको २० प्रतिशत घटेर १ अर्ब ७० करोड रुपैयाँ र एनसीसी बैंकको ३०.७८ प्रतिशत घटेर १ अर्ब ४७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

यस्तै, लक्ष्मी बैंकको २६.१३ प्रतिशत घटेर २ अर्ब रुपैयाँ, सिद्धार्थ बैंकको ३०.९५ प्रतिशत घटेर ३ अर्ब ७९ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकको ३६.५० प्रतिशत घटेर ४ अर्ब ६९ करोड रुपैयाँ, सिटिजन्स बैंकको ३२.७६ प्रतिशत घटेर ३ अर्ब ८५ करोड रुपैयाँ, प्राइम बैंकको १६.८८ प्रतिशत घटेर ३ अर्ब २९ करोड रुपैयाँ, सनराइज बैंकको १५.५३ प्रतिशत घटेर १ अर्ब ९६ करोड रुपैयाँ, प्रभु बैंकको १६.७४ प्रतिशत घटेर २ अर्ब ३ करोड रुपैयाँ, मेगा बैंकको ३२.४२ प्रतिशत घटेर २ अर्ब ७७ करोड रुपैयाँ, सेञ्चुरी बैंकको २३.१४ प्रतिशत घटेर २ अर्ब २४ करोड रुपैयाँ र सानिमा बैंकको २३.९६ प्रतिशत घटेर १ अर्ब ६४ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका हुन् ।

Share News