काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा एनसीसी बैंकको सेयर मूल्य समायोजन भएको छ ।समायोजनपश्चात नेप्सेमा बैंकको सेयरमूल्य १७८ रुपैयाँ १ पैसा कायम भएको छ ।
साधारण सभा तथा लाभांश वितरण गर्न बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समयोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
एनसीसी बैंकको सेयर कारोबार असोज १० गतेदेखि कुमारी बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण रोक्का रहेको छ । बैंकले मंसिर २ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकले हाल कायम चुक्ता पूँजी ११ अर्ब १३ करोड ९६ लाख रुपैयाँको ३.३६६३ प्रतिशतले हुन आउने ३७ करोड ५० लाख रुपैयाँ बराबरको बोनस सेयर र ७.६३३७ प्रतिशतले हुन आउने ८५ करोड ३ लाख रुपैयाँ (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ ।