काठमाडौं । इष्टर्न हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको आईपीओ बिहीबार निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा बाँडफाँट गरिएको हो ।
कम्पनीले असोज २८ गतेदेखि ६ करोड ७० लाख ३१ हजार रुपैयाँ बराबरको ६ लाख ७० हजार ३१० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ६ लाख २५ हजार १९० कित्ता सेयर शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १३ लाख ५८ हजार २२० आवेदकले आवेदन दिएका थिए । तर १ हजार ९९६ आवेदन विभिन्न कारणले रद्द भएको छ भने बाँकी १३ लाख ५६ हजार २२४ आवेदन मात्रै सदर भएको छ । कम्पनीमा १ करोड ४८ लाख ४७ हजार ५५० कित्ता सेयरका लागि आवेदन परेको थियो ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकाले १० कित्ताका दरले बाँडफाँट गर्दा ६२ हजार ५१९ आवेदकले मात्रै सेयर प्राप्त गरेका छन् । बाँकी आवेदकको हात रित्तो भएको छ ।
कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भइसकेकाले विभिन्न तरिकाबाट नतिजा हेर्न सकिन्छ । कम्पनीको आईपीओको नतिजा हेर्न बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://www.nmbcl.com.np/, सिडिएससीको मेरोसेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडिएसले आईपीओको रिजल्ट हेर्न संचालनमा ल्याएको गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ र इस्टर्न हाइड्रोको वेबसाइट https://ehpl.com.np/ बाट हेर्न सकिने छ ।