नबिल ब्यालेन्स्ड फन्ड–२ र इक्विटी फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

<p>काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे । योजनाका लाभांश वितरणको लागि कम्पनीले कात्तिक १८ गते शुक्रबार बुक क्लोज हुनेछ । योजना [&hellip;]</p>

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुईवटा योजनाको लाभांश सुरक्षित गर्ने आज कात्तिक १७ गते अन्तिम दिन रहेको छ । नबिल ब्यालेन्स्ड फन्ड–२ र नबिल इक्विटी फन्डको आर्थिक वर्ष २०७८/७९ का लागि घोषित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हाे ।

योजनाका लाभांश वितरणको लागि कम्पनीले कात्तिक १८ गते शुक्रबार बुक क्लोज हुनेछ ।

योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङले नबिल ब्यालेन्स्ड फन्ड–२ का इकाइधनीहरुलाई ७ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ । यसैगरी नबिल इक्विटी फन्डका इकाइधनीहरुलाई ५ प्रतिशत (करसहित) नगद प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

साथै नबिल म्यूचल फण्डले नबिल फ्लेक्सी क्याप नामक ७ करोड ५० लाख इकाइ भएको खुल्लामुखि योजनाको इकाइहरुको यहि कात्तिक २३ गते देखि बिक्रि खुला गरेको छ ।

Share News