काठमाडौं । लगातार तीन दिन उकालो लागेको सेयर बजार बिहीबार भने घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसर बिहीबार नेप्से १६.१४ अंकले घटेर १९२२.१६ विन्दुमा पुगेको छ ।
नेप्सेको अनुसार १३ वटा उप-सूचांकहरूमा बीमा बाहेक सबै राताम्मे भएको छ ।
बिहीबारको सेयर बजारमा सबैभन्दा बढी सेयर मूल्य बढ्नेमा युनिलिभर नेपाल लिमिटेड र सबैभन्दा बढी घट्नेमा विन नेपाल लघुवित्त वित्तिय संस्था रहेको छ । यस्तै, सबैभन्दा बढी कारोबार गर्नेमा एभरेष्ट बैंक लिमिटेड रहेको छ ।
आज २७ लाख ६७ हजार ५३९ लाख कित्ता सेयर किनबेच हुँदा ८९ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।