वैदेशिक रोजगारीमा गएकालाई आजबाट जारी सेयरमा १० प्रतिशत आरक्षण

<p>काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागु गरेको छ । याेसँगै अब कुनै पनि कम्पनीले सर्वसाधारणलाई निस्कासन गर्नुअघि नै १० प्रतिशत आईपीओ विदेशमा रोजगार गरिरहेका नेपालीका लागि छुट्याउनुपर्छ । लगानीकर्ताले सेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरीद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय [&hellip;]</p>

काठमाडाैं । नेपाल धितोपत्र बोर्डले आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओमा १० प्रतिशत आरक्षण दिने व्यवस्था लागु गरेको छ ।

याेसँगै अब कुनै पनि कम्पनीले सर्वसाधारणलाई निस्कासन गर्नुअघि नै १० प्रतिशत आईपीओ विदेशमा रोजगार गरिरहेका नेपालीका लागि छुट्याउनुपर्छ ।

लगानीकर्ताले सेयरमा आवेदन दिँदा बोर्डबाट धितोपत्र खरीद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत भुक्तानी गर्नुपर्ने छ।

विदेशमा रहेर आइपीओ भर्नकाे लागि रेमिट्यान्स बचत खातामा पछिल्लो ६ महिनामा कम्तीमा ५० हजार रुपैयाँ सम्बन्धित व्यक्तिले आफू कार्यरत रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ ।

 

Share News