काठमाडौं । अरुण काबेली पावर लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । अरुण काबेलीको १० प्रतिशत बोनश सेयरपछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३६२.७३ रूपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेन्जले कम्पनीको बिहिबार(कात्तिक १७ गते) को अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३९९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।