
काठमाडौं । सेयर बजार खुलेको करिब तीन घण्टामा पाँच कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको छ । पाँच मध्ये तीनको पुर्ण रुपमा सर्किट लागिसकेको छ भने दुईको सर्किट लेभलमा कारोबार भइरहेको हो ।
सर्किट लाग्नेमा विन नेपाल लघुवित्त, जाल्पा लघुवित्त र नेष्डो समृद्ध लघुवित्त रहेका छन् भने उपकार लघुवित्त र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा कारोबार भइरहेको लागेको छ ।
शनिबार ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको जाल्पा लघुवित्तको भने आइतबार सेयर बजार खुलको ५ मिनेटमै सेयर मूल्यमा सर्किट लागेको थियो ।
यो समाचार तयार पार्दसम्म नेप्से परिसुचक २९.७५ अंकले बढेर १९५१.९१ विन्दुमा पुगेको छ । यसरी नेप्से उकालो लाग्दा आइतबारको बजारमा सबैभन्दा बढी कारोबार लघुवित्तकै रहेको छ ।लघुवित्तले लाभांश घोषणा गर्न थालेसँगै लघुवित्तको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।