रेमिट टु नेपालबाट पैसा पठाउने हिरा बिकले पाए १० ग्राम सुन, ९ जनाले पाए चाँदी

<p>काठमाडौं । रेमिट टु नेपाल मार्फत रकम पठाएका हिरा बिकले १० ग्राम सुन जितेका छन् । &#8216;चाडपर्वको बहार सुन चाँदी र नगद उपहार&#8217; योजनाअन्तर्गत विभिन्न देशबाट रकम पठाउनेमध्ये दुबईको फेडेरल एक्सचेन्जबाट रकम पठाएका बिकले १० ग्राम सुन जितेका हुन् । रेमिट टु नेपालले चाडपर्वलाई लक्षित गर्दै उक्त उपहार योजना ल्याएको थियो । यो योजनाभर विभिन्न देशबाट [&hellip;]</p>

काठमाडौं । रेमिट टु नेपाल मार्फत रकम पठाएका हिरा बिकले १० ग्राम सुन जितेका छन् । ‘चाडपर्वको बहार सुन चाँदी र नगद उपहार’ योजनाअन्तर्गत विभिन्न देशबाट रकम पठाउनेमध्ये दुबईको फेडेरल एक्सचेन्जबाट रकम पठाएका बिकले १० ग्राम सुन जितेका हुन् ।

रेमिट टु नेपालले चाडपर्वलाई लक्षित गर्दै उक्त उपहार योजना ल्याएको थियो । यो योजनाभर विभिन्न देशबाट रकम पठाउने मुमताज आलम मुसलमान, सुनिल कुमार सरदार, विजय कुमार प्रसाद, राम पुकार यादव, टेक लाल थारु, मुस्तफा अमेर कमाल, चित्र बहादुर उलुंगे, नर बहादुर तामाङ र कुल बहादुर कामि १० ग्राम चाँदी जित्ने विजेताको रुपमा छनोट भएका छन् ।

त्यस्तै, यो योजना अन्तर्गत रेमिट टु नेपालले उत्कृष्ट कारोबार गर्ने १६ एजेन्टलाई सुन, चाँदी तथा नगदबाट पुरस्कृत गरेको छ ।

उपहार योजना भदौ १५ गतेदेखि कार्तिक १५ गतेसम्म चलेको थियो । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिएको थियो ।

Share News