काठमाडाैं । नेपाल वेयरहाउजिंग कम्पनीले सर्वसाधारणकाे लागि यही आर्थिक वर्षमा आइपीओ जारी गर्ने भएकाे छ ।
कम्पनीकाे चौथो वार्षिक साधारण सभाले संस्थापकहरुबाट कूल पुँजीको ८० प्रतिशत बराबर ५५ करोड पुँजी पुर्याई २० प्रतिशत बराबारको १३ करोड ७५ लाख सर्वसाधरणका लागि यहि आर्थिक वर्ष भित्रमा जारी गर्ने निर्णय गरेकाे हाे ।
कम्पनीले साइलो प्रविधिबाट मकै, गौ, भटमास लगायत ५५ हजार मेट्रिक टन क्षमता बराबर भण्डारण सुबिधा, कृषी उपजहरुको बैज्ञानिक लिलाम व्यवस्थापन, वेयरहाउस रसिदको धितोमा विभिन्न बैंकहरुको सहकार्यमा ऋण सुविधा तथा अनाज कन्टेनरको सेवा दिने जनाएकाे छ ।
कम्पनीले सुनसरी जिल्लाको औरबानी शाखा र कपिलबस्तु जिल्लाको चन्द्रौटा शाखामा १५००० मेट्रिक टन क्षमताका साइलो, पर्सा जिल्लाको बिरुवागुठी शाखामा २५ हजार मेट्रिक टन क्षमताका साइलो जडान गरिरहेको छ ।
तिनवटै पारियोजानाको अनुमानित लागत १ अर्ब ५० करोड रहेकाेमा कम्पनीले बाँकी लगानी ५ वटा बैंकहरुबाट सहवित्तियकारणबाट जुटाएकाे छ । औरबानी शाखामा यही महिनाबाट भण्डारण सुरुवात गर्ने कम्पनीकाे योजना रहेकाे छ ।
साथै ६ महिनाभित्र अन्य दुई परियोजना मार्फत सेवा प्रदान गर्ने र लगत्तै कम्पनीले धानको विभिन्न शाखाहरुबाट लिलाम वडावडको सुरुवात गर्ने लक्ष्य समेत लिएको कम्पनीले जानकारी दिएकाे छ ।
यस कम्पनीको भारतको सबैभन्दा ठुलो भण्डारण सुविधा प्रदायक नेशनल कोलट्ररल म्यानेजमेन्ट कम्पनी लिमिटेडसँग सहकार्य रहेको छ ।
यस कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, श्रीनगर एग्रो, मुक्तिनाथ एग्रो, निफ्रा, एनएमवि बैंक, आईएमई जनरल इन्स्योरेन्स, हाथवे, हिमालयन क्यापिटल, टिएनआई, टिम भेन्चस्, आध्यानता, अल्फा क्यापिटल लगायतको लगानी रहेको छ ।