काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले ‘तथ्यांक प्रयोग सम्बन्धी कार्यविधि २०७९’ सार्वजनिक गरेको छ । आफ्नो तथ्यांकलाई सुरक्षित र भरपर्दो बनाउनको लागि नेप्सेले कार्यविधि मार्फत शुल्क तोेकेर काम गर्न लागेको हो ।
कार्यविधिका अनुसार अब विभिन्न व्यक्ति तथा संघ संस्थाले नेप्सेको तथ्यांक प्रयोग गर्नको लागि शुल्क तिर्नुपर्ने भएको छ । इन्भेष्टमेन्ट कम्पनी, सञ्चार माध्यम, तथ्यांक वितरक, गैर व्यापारिक शैक्षिक तथा अनुसन्धानात्मक संस्था लगायत विदेशी कम्पनी वा व्यक्तिले नेप्सेको तथ्यांक प्रयोग गर्नको लागि तोकिएको शुल्क तिर्नुपर्ने भएको हो ।
कार्यविधिमा उल्लेख गरिएअनुसार अब विभिन्न व्यक्ति तथा संस्थाले एक मिनेटदेखि ५ वर्षसम्मको समयावधि तोकेर शुल्क निर्धारण गरेको छ । नेप्सेले व्यक्ति तथा संस्थालाई मासिक न्यूनतम एक हजार रुपैयाँदेखि ५ वर्षसम्म अधिकतम २ लाख रुपैयाँसम्म शुल्क तोकेको छ । उक्त शुल्क तथ्यांक प्रयोगकर्ताले नेप्सेलाई अग्रिम रुपमा भुक्तानी गर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।
सबै घाटा र खर्चहरुको क्षतिपूर्ति दिनुपर्ने
दोश्रो पक्षले प्रयोग गरेको प्रणालीको कारणले प्रथम पक्षका प्रणालीमा क्षति पुगेमा वा आफ्नो तर्फबाट भएको सम्झौताको शर्तहरुको उल्लंघनबाट अर्को पक्षलाई हानी पुग्न गएमा सबै घाटा र खर्चहरु क्षतिपूर्ति दिनु पर्नेछ ।
कुनै वारेन्टी तथा ग्यारेण्टी नरहने
नेप्सेले तथ्यांक जे जस्तो छ सोही अवस्थामा प्रदान गरिने कार्यविधिमा उल्लेख छ ।
यस्तो छ कार्यविधि
[pdf id=362576]