३९ अंकले घट्यो सेयर बजार, अत्याधिक गुमाउनेमा वित्तिय संस्था

<p>काठमाडौं । बुधबारको सेयर बजार ३९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर बजार ३९.१५ अंकले घट्दा १९१७.२२ विन्दुमा पुगेको छ । यसरी सेयर बजार घट्दा ३६ लाख ९६ हजार ७२३ कित्ता सेयर एक अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ । आज अत्याधिक कमाउनेमा उपर हावेखोला हाइड्रोपावर कम्पनीका साथै ४ म्युचल [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजार ३९ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर बजार ३९.१५ अंकले घट्दा १९१७.२२ विन्दुमा पुगेको छ ।

यसरी सेयर बजार घट्दा ३६ लाख ९६ हजार ७२३ कित्ता सेयर एक अर्ब ४० करोड रुपैयाँमा किनबेच भएको छ ।

आज अत्याधिक कमाउनेमा उपर हावेखोला हाइड्रोपावर कम्पनीका साथै ४ म्युचल फण्डहरु रहेका छन् भने अत्याधिक गुमाउनेमा एक्सेल डेभलपमेन्ट बैंकसहित सबै ४ वटा वित्तिय संस्थाहरु रहेका छन् ।

Share News